आर्मीलाई हराउँदै हेल्प नेपाल च्याम्पियन 

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-१०
  • |
  • 362 पटक हेरिएको

काठमाडौँ । टिप टप हेल्प नेपालले आठौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डमा शनिबार सम्पन्न फाइनल खेलमा आर्मीलाई पाँचौँ सेटमा २२-२० ले पराजित गर्दै हेल्प नेपाल च्याम्पियन बनेको हो।

आर्मीले पहिलो सेट २५-२० ले जितेको थियो। निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट आर्मीले २५-२२७ ले गुमायो। कुनै समय ६ अंकको अग्रता बनाएको आर्मीले हेल्प नेपालसँग अंक गुमायो। 

दोस्रो सेट २२-२२, २३-२३, २४-२४, २५-२५ बनाउँदै हेल्प नेपालले लगातार २ अंक जोड्दै दोस्रो सेट २५-२७ ले जितेको हो।

निकै रोमाञ्चक बने तेस्रो सेटमा पुन: आर्मीले २३-२५ ले जित्यो। कुनै समय ४ अंकले पछि परेको अवस्थालाई उल्ट्याउँद‌ै आर्मीले २-१ को अग्रता बनायो।

चौथो सेटमा लगातार ८ अंक जोडेपछि मात्रै खाता खोलेको आर्मीले लगातार ३ अंक जोड्दै ८-३ को अवस्थामा आयो।

त्यसपछि लगातार अग्रता बनाएको हेल्प नेपालले २२-२२ को अवस्थाबाट पुनः २४-२२ को अग्रता बनायो। २ अंकले पछि परेको आर्मीले पुनः २४-२४ को अवस्थामा ल्याउन सफल भयो। २५-२४ ले अघि बढेको हेल्प नेपालले खेलमा २६-२६ ले बराबरीमा रोकिएपछि खेल २७-२७ मा पुग्यो। त्यसपछि लगातार २ अंक जोडेपछि टिप २९-२७ ले जित्यो।

जितसँगै खेल २-२ को बराबरी गरेपछि खेल पाँचौँ सेटमा पुग्यो। निकै रोमाञ्चक बनेको पाँचौँ तथा अन्तिम सेटमा आर्मीमाथि हेल्प नेपालले २२-२० ले जित निकाल्दै च्याम्पियन बनेको हो।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey