पुलिसलाई हराउँदै एभरेस्ट च्याम्पियन 

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-१०
  • |
  • 458 पटक हेरिएको

विभागिय टोली नेपाल पुलिस क्लबलाई हराउँदै एभरेस्ट भलिबल क्लब बुटवल आठौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ।

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डमा सम्पन्न फाइनल खेलमा एभरेस्टले पुलिसलाई ३-१ को सेटमा पराजित गरेको हो।

पहिलो सेट २५-१९ ले गुमाएको एभरेस्ट भलिबल क्लबले सानदार पुनरागम गर्दै खेलमा ३-१ ले जित्यो।

दोस्रो सेटमा एभरेस्टले २२-२५ ले आफ्नो पक्षमा पारेको थियो। त्योसँग एभरेस्टले १-१ को बराबरी अवस्थामा ल्यायो।

तेस्रो सेटमा एभरेस्टले १८-२५ ले जित्दै खेलमा २-१ को अग्रता बनायो।

चौथो सेट एभरेस्ट १९-२५ ले जित्यो। सुरुवाती सानदार अग्रता बनाएको एभरेस्टले कुनै समय ८ अंकको अग्रता बनाएको थियो।

यो सँगै एभरेस्टले पहिलोपटक उपाधि जितेको छ। पराजित पुलिस भने उपविजेतामा सिमित बनेको छ।

 

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal