सामाग्री खरिदमा स्पोर्ट्स युनिभर्सले खेलाडीलाई छुट दिने

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-०८
  • |
  • 282 पटक हेरिएको

बानेश्वरस्थित स्पोर्ट्स युनिभर्सले आफ्नो १० वार्षिकोत्सवको उपलक्ष्यमा खेलाडीलाई सामाग्री खरिदमा २० प्रतिशत छुट दिने भएको छ । त्यसका लागि स्पोर्ट्स युनिभर्स र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघबीच बिहीबार सम्झौता भएको छ । स्पोर्ट्स युनिभर्सका निर्देशक किशोरकुमार जोशी र खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।

छुट पाउनका लागि खेलाडीले खेलाडी संघमा सम्पर्क गरी फाराम भर्नु पर्ने छ । सो फारामका आधारमा खेलाडी संघले कार्ड उपलब्ध गराउने छ । सोही कार्डका आधारमा खेलाडीले २० प्रतिशत छुट पाउने छन् । खेल सामाग्री र पोशाक खरिद गर्दा खेलाडीले छुट पाउने निर्देशक जोशीले बताए । बैशाख १ गतेदेखि लागू हुने सम्झौता १ वर्षका लागि कायम रहने  छ ।

सोही अवसरमा खेलाडी संघको आयोजनामा चैत १२ गते हुने १८ औं एनएनआईपीए स्पोर्ट्स अवार्डका उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट खेलाडी, प्रतिभाशाली खेलाडी, गजराज जोशी खेल व्यक्तित्व, पारा खेलाडी र एनएनआईपीए खेल पत्रकारिता पुरस्कार विजेतालाई पनि स्पोर्ट्स युनिभर्सले गिफ्ट ह्याम्पर प्रदान गरिने जानकारी गराइयो ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey