भारतलाई चौथो पटक यू–१९ विश्वकपको उपाधि
- नेप्लेज
- |
- २०७४-१०-२०
- |
- 217 पटक हेरिएको
माघ २०, काठमाडौं । ओपनर मञ्जोत कालराले शतकीय पारी खेलेपछि भारतको युवा टोलीले चौथो पटक यू–१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ ।
न्युजिल्याण्डको बे ओभलमा शनिबार भएको फाइनलमा अष्टे«लियालाई ८ विकेटले हराउँदै भारत च्याम्पियन बनेको हो ।
भारतले यसअघि सन् २०००, २००८ र २०१२ मा प्रतियोगिताको उपाधि जितिसकेको छ । समान तीन तीन पटकका च्याम्पियनबीचको खेलमा भारतले बाजीको हो ।
अष्ट्रेलियाले दिएको २१७ रनको लक्ष्य भारले ३८.५ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गरेको थियो ।
कीर्तिमानी चौथो पटक विश्व च्याम्पियन बनाउन भारतका ओपनर मञ्जोत कालराले शानदार ब्याटिङ गर्दै १०१ रन बनाए । म्यान अफ द फाइनल बनेका कालराले १०२ बल खेलेर ३ छक्का र ८ चौका प्रहार गरे । कालराले हार्दिक देसाईसँग मिलेर तेस्रो विकेटका लागि ८९ रनको अविजित साझेदारी गरेपछि भारतले सहज जित निकाल्यो । देसाईंले ४७ रन बनाए ।
त्यसैगरी अर्का ओपनर तथा कप्तान पृथ्वी शले २९ रन बनाउँदा शुभम गिलले ३१ रनको योगदान दिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४७.४ ओभरमा सबै विकेट गुमाएर २१६ रन बनाएको थियो । अष्ट्रेलियाका लागि मध्यक्रमका ब्याट्सम्यान जोनाथन मेर्लोले सर्बाधिक ७६ रन बनाएका थिए । त्यस्तै परम उप्पलले ३४ र बनाउँदा ओपनर ज्याक एडवार्डले २८ रन बनाए ।
अष्ट्रेलियाको इनिङ धरापमा पार्न भारतका इशान पोरेल, शिव सिंह, कमलेश नगरकोटी र अनुकुल रोयले समान २÷२ विकेट लिए ।
सेमिफाइनलमा भारतले पाकिस्तान र अष्ट्रेलियाले अफगानिस्तानको युवा टोलीलाई हराउँदै उपाधि भिडण्त पक्का गरेका थिए ।