नेपाललाई पराजित गर्दै नेदरल्यान्ड्स च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-११-२२
  • |
  • 261 पटक हेरिएको

काठमाडौँ । घरेलु टोली नेपाललाई पराजित गर्दै त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० सिरिजको उपाधि नेदरल्यान्ड्सले जितेको छ।

नेदरल्यान्ड्सले नेपाललाई ४ विकेट पराजित गरेको हो।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो। 

नेदरल्यान्ड्सको जितमा माइकल लेभिट र म्याक्स ओडोउड पहिलो विकेटको लागि ८२ रनको साँझेलारी गरेका थिए।

माइकल लेभिटले २९ बलमा ६ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ५४ रनको योगदान गरे। यसैगरी साइब्रान्ड एङ्गेलब्रेख्तले ४८, विक्रमजित सिंहले २९, म्याक्स ओडोउडले २२ र टिम भान डेर गुग्टेन अविजित २१ रन बनाए।

नेपालका लागि कुशल मल्ले ४, अबिनाश बोरा र दीपेन्द्र सिंह ऐरीले समान १/१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। 

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४७ रन बनाए। उनले ३७ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै १३.४ ओभरमा माइकल लेविटको बलमा एल्बी डब्लु आउट भए। 

यस्तै गुसन झाले ३४ रन बनाए। उनी १८.१ ओभरमा २५ बलमा ३ छक्का प्रहार गर्दै आउट भए।

कपतान रोहित कुमार पौडेलले २५ रन, ओपनर कुशल भुर्तेल २० रन, कुशल मल्ल ११ बलमा ३ छक्का प्रहार गर्दै २६ रनमा आउट भए। करण केसी ९ र दीपेन्द्र सिंह ऐरी १ रनमा आउट भए। आरिफ शेख शून्य रनमा आउट भए

सोमपाल कामी र प्रतिश जिसी समान ६ रनमा अविजित रहे। नेपालले अतिरिक्तमा १० रन पाएको छ।
 
नेदरल्यान्ड्का लागि टिम भ्यान डर गुग्टेन, माइकल लेविट, साइब्रान्ड एङ्गलब्रेख्त र फ्रेड क्लासेनले समान २/२ विकेट लिए। 

नेपाल, नामिबिया र नेदरल्यान्ड्स समिलित सिरिजमा नेपाल दोस्रो स्थानमा रहँदै फाइनल पुगेको थियो। नेपालले ४ खेलमा २ जित २ हार ब्यहोरेको थियो। नेदरल्यान्ड्स २ जित १ हार र एक खेल नतिजा विहिन हुँदै ५ अंकको साथ शीर्ष स्थानमा रहेर फाइनलको यात्रा तय गरेको थियो।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey