नेदरल्यान्ड्सलाई नेपालले दियो १८५ रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-११-२२
  • |
  • 332 पटक हेरिएको

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनायो। 

नेपालका लागि ओपनर आसिफ शेखले ४७ रन बनाए। उनले ३७ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै १३.४ ओभरमा माइकल लेविटको बलमा एल्बी डब्लु आउट भए। 

यस्तै गुसन झाले ३४ रन बनाए। उनी १८.१ ओभरमा २५ बलमा ३ छक्का प्रहार गर्दै आउट भए।

कपतान रोहित कुमार पौडेलले २५ रन, ओपनर कुशल भुर्तेल २० रन, कुशल मल्ल ११ बलमा ३ छक्का प्रहार गर्दै २६ रनमा आउट भए। करण केसी ९ र दीपेन्द्र सिंह ऐरी १ रनमा आउट भए। आरिफ शेख शून्य रनमा आउट भए

साेमपाल कामी र प्रतिश जिसी समान ६ रनमा अविजित रहे। नेपालले अतिरिक्तमा १० रन पाएकाे छ।
 
नेदरल्यान्ड्का लागि टिम भ्यान डर गुग्टेन, माइकल लेविट, साइब्रान्ड एङ्गलब्रेख्त र फ्रेड क्लासेनले समान २/२ विकेट लिए। 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey