शीर्ष स्थानको मिलानलाई १५ अंकको अग्रता 

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-११-२२
  • |
  • 200 पटक हेरिएको

एजेन्सी । इलालियन सिरी ए फुटबलमा इन्टर मिलानले जेनोवालाई हराउँदै शीर्ष स्थनामा १५ अंकको अग्रता बनाएको छ। 

मंगलबार बिहान सम्पन्न खेलमा घरेलु सम्पन्न खेलमा इन्टरले जेनोवालाई २-१ गोलले पराजित गरेको हो। 

इन्टरको जितमा क्रिस्टजन अस्लानी र एलेक्सिस सान्चेजले गोल गरे। जोनोवाका लागि जोहन भास्केजले गरेको गोल सान्त्वना बन्यो।

जितसँगै मिलानले जारी सिजन २७ खेलबाट ७२ जोड्दै शीर्ष स्थानमा १५ अंकको स्पस्ट अग्रता बनाएको छ। उसले २३ जित, ३ बराबरी र एक खेलमा पराजय ब्यहोरेको छ। पराजित जेनोवाको भने समान खेलबाट ३३ अंकसहित १२औँ स्थानमा रहेको छ।

पहिलो हाफमै २-० को अग्रता बनाएको मिलानले दोस्रो हाफ एक गोल ब्यहोरेको थियो।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey