पारसले दिलाए स्वर्ण पदक

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-११-२२
  • |
  • 369 पटक हेरिएको

बैतडी। सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ प्रतियोगितामा पारस सिंह महराले बैतडीलाई स्वर्णपदक दिलाएका छन्। 

बैतडी सुर्नया ४ घर भएका जम्परले चिनिले पारसले  १४ औँ राष्ट्रपति रनिङ शिल्डमा सुदूरपश्चिम स्तरीय हाई जम्पमा बैतडीलाई स्वर्ण पदक दिलाएका हुन्। १३ औँ रनिङ सिल्डमा स्वर्ण पदक दिलाएका महराले यस पटक पनि स्वर्ण पदक दिलाउन सफल भएका छन् ।

सुदूरपश्चिमबाट गत वर्ष १३ औँ रनिङ सिल्डमा राष्ट्रिय स्तरमा पुगेका पारस यस वर्ष पनि सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरमा हाइजम्प खेल्ने भएका छन्। गत वर्ष मेरो सिकाइ भएको र यस वर्ष सुदूरपश्चिमलाई पदक दिलाउन मेरो अथक प्रयास रहने महराले बताए ।

१४ औँ राष्ट्रपति रनिङ सिल्डमा बैतडीबाट ३ खेलमा छनोट भएका पारस सुदूरपश्चिमबाट हाई जम्पमा छनोट भएका छन् ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey