रोनाल्डोको अल नासार पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-११-२२
  • |
  • 941 पटक हेरिएको

एजेन्सी । एएफसी च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा क्रिष्टियानो रोनाल्डोसम्मिलित साउदी क्लब अल नासार पराजित भएको छ।

सोमबार राति भएको खेलमा अल नासार युनाइटेड अरब इमिरेट्स (युएई) को क्लब अल ऐन सँग १-० ले पराजित भएको हो। 

घरेलु हज्जा बिन जायद स्टेडियममा अल ऐनको जितमा ४४औँ मिनेटमा सुफियान राहिनीले गरेको गोल नै निर्यायक बन्यो।

जितसँगै पहिलो लेगमा अल ऐनाले अग्रता बनाएको छ। अब दोस्रो लेग १२ मार्चमा अल नासारको घरेलु मैदानमा हुनेछ।

खेलको ९०औं मिनेटमा एमेरिक लापोर्टले रातो कार्ड पाउँदा नल नासर दश खेलाडीमा सिमित भयो। उनी दोस्रो लेगमा उपलब्ध हुने छैन। 

यस्तै, यस खेलमा अल नासारका कप्तान क्रिस्टियानो रोनाल्डोसँगै साडिओ माने, स्टाभिओ जस्ता खेलाडी गोलविहिन रहे। 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey