शहीद स्मृति भलिबल सुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-११-१९
  • |
  • 413 पटक हेरिएको

योङ कम्युनिष्ट लिग, बागमती प्रदेश कमिटीको आयोजनामा प्रथम शहीद स्मृति बागमती प्रदेशस्तरीय रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगिता शनिबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ ।

प्रतियोगिताको पूर्व मन्त्री वर्षमान पुनले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे । उद्घाटनका अवसरमा राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टंकलाल घिसिङलाई खेलकुदको विकास र विस्तारमा योगदान पुर्‍याएवापत कदर पत्रसहित सम्मान गरिएको थियो । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । नकआउट प्रतियोगिता सोमबारसम्म चल्ने छ ।

पहिलो दिन सम्पन्न ४ खेल सम्पन्न भए । नुवाकोटले सिन्धुपाल्चोकलाई ३–१, ललितपुरले रसुवालाई ३–०, चितवनले धादिङलाई ३–० र रामेछापले मकवानपुरलाई ३–१ को सेटमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey