प्रधानसेनापति खुला म्याराथनको उपाधि अनीशलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-११-१९
  • |
  • 416 पटक हेरिएको

नेपाली सेनाले स्थापना दिवसको अवसरमा आयोजना गरेको प्रधान सेनापति खुला म्याराथनको उपाधि पर्वतका अनीश थापामगरले जितेका छन् ।

काठमाडौँमा शनिबार सम्पन्न भएको म्याराथन पुरुष तर्फ अनीशले निर्धारित दुरी दुई घण्टा २२ मिनेट ५९ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । उपाधिसँगै उनले मोटर साइकल र तीन लाख रुपियाँ नगद पुरस्कार पनि पाए ।

यसैगरी, एपीएफका किरणसिंह बोगटी दोस्रो हुनुभयो । दुई घण्टा २३ मिनेट १५ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भए । उनले दुई लाख रुपियाँ पुरस्कार प्राप्त गरे । नेपाली सेनाका राजन रोकाया तेस्रो बन्दै एक लाख रुपियाँ पुरस्कार पाए । म्याराथनमा शीर्ष १० मा अटाउने खेलाडीलाई नगद पुरस्कार प्रदान गरियो । 

 

यस्तै २१ किमी महिला हाफ म्याराथनमा धादिङकी सन्तोषी श्रेष्ठ पहिलो भइन् । एक घण्टा १६ मिनेट २२ सेकेन्डमा दौड सक्नुभएको उनले २५ हजार रुपियाँ र स्कुटर पुरस्कार पाउनुभयो । पुलिसकी रामकाया बुढा दोस्रो बन्दै ५० हजार र तेस्रो भएकी पुलिसकै राजपुरा पछाईले ३५ हजार रुपियाँ प्राप्त गरिन् ।

यस्तै पुरुष हाफ म्याराथनमा सेनाका दीपक अधिकारी पहिलो भएका थिए । एक घण्टा पाँच मिनेट ११ सेकेन्डमा दौड पूरा गरेका उनले ७५ हजार रुपियाँ र मोटरसाइकल पुरस्कार पाए । सेनाकै नरेन्द्र रावल दोस्रो बन्दै ५० हजार तथा आर्मीकै गजेन्द्र राई तेस्रो बन्दै ३५ हजार रुपियाँ पुरस्कार पाए । 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey