मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि एपीएफलाई

- |
- २०८०-११-१९
- |
- 497 पटक हेरिएको
संखुवासभामा भएको मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । शनिबार खाँदवारीमा भएको फाइनलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा पुनरागमन जित दर्ता गर्दै एपीएफले उपाधि जितेको हो ।
पहिलो सेटमा एपीएफ १४–२५ ले पराजित भएको थियो । त्यसपछि लगातार तीन सेट जित्दै उपाधि नै कब्जा गर्न सफल भयो । दोस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको एपीएफले चौथो सेटमा २५–२१ ले जित्दै २–१ को अग्रता बनायो । चौथो सेटमा पनि २५–२१ को जित निकालेपछि एपीएफ अन्ततः ३–१ को जितका साथ उपाधि उचाल्न सफल भयो । उपाधि विजेता एपीएफले ३ लाख पुरस्कार पाउँदा उप विजेता भएको गण्डकी प्रदेशले १ लाख ५० हजार प्राप्त गरेको छ ।
यस्तै, शनिबार भएको तेस्रो स्थानको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले बाजी मारेको थियो । पुलिसले त्रिभुवन आर्मीलाई ३–० को सेटमा पछि पार्न सफल भयो । तेस्रो स्थानमा आएको पुलिसले ५० हजार रुपैयाँ पुरस्कार पायो । यस्तै, चौथो स्थानको आर्मीले भने ३० हजारमा चित्त बुझाउन पुग्यो ।