तेस्रो खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता आइतबारदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-११-१९
  • |
  • 465 पटक हेरिएको

दाङको घोराहीमा हुन लागेको तेस्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । आयोजक नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिले शनिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर फागुनको २० गतेदेखि २५ गतेसम्म सञ्चालन हुन थालेको भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको नेपाली कांग्रेस दाङका जिल्ला सभापति शङ्कर प्रसाद डाँगीले जानकारी दिए ।

सभापति डाँगीका अनुसारका जिल्लामा भलिबल खेलको विकाससँगै खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि नेपाली कांग्रेस स्वर्गीय नेता पूर्व खुमबहादुर खड्काको स्मृतिमा घोराहीस्थित जिल्ला समन्वय समितिको मैदानमा हुन थालेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनुभयो । प्रतियोगिताका लागि खेल मैदान निर्माण,मञ्च व्यवस्थापन,अतिथिहरूलाई निमन्त्रणलगायतका काम सकिएको बताए ।

आयोजक नेपाली कांग्रेस दाङका अनुसार प्रतियोगितामा जिल्लाका नौ वटा स्थानीयहरूको सहभागिता हुने भएको छ । प्रतियोगितामा घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, बंगलाचुली गाउँपालिका, शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिका र बबई गाउँपालिकाको सहभागिता हुन थालेको नेपाली कांग्रेस दाङका सहसचिव एवं खुमबहादुर खड्का स्मृति समाज विकास समितिका संयोजक राजु आचार्यले जानकारी दिए । उनका अनुसार जिल्लाका दश वटै स्थानीय तहहरूलाई सहभागिताका लागि पत्राचार गरिएको भए पनि गढवा गाउँपालिकाको टिम सहभागी हुन नसकेको बताए ।

लिग कम नकआउटका आधारमा खेलाइने खेलको विजेता टिमले उपाधिसँगै नगद दुई लाख पच्चिस हजार रुपैयाँसहित सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी द्वितीय हुने टिमले १ लाख २५ हजार, तृतीय हुने टिमले नगद ५० हजार र सान्त्वना हुने टिमले नगद २० हजारसहित हित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडीहरूलाई जिल्लामा ल्याएर नयाँ खेलाडीहरूसँग खेलाउँदै खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले प्रतियोगितामा सहभागी टिमहरूलाई दुई जना राष्ट्रिय स्तरका खेलाडीहरू समेत सहभागी गराउने अवसर प्रदान गरिएको आयोजक नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिले जनाएको छ । प्रतियोगिताको आइतबार दिउँसो १२ बजे लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्ने छन् ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey