मुख्यमन्त्री कप भलिबलको उपाधिका लागि एपीएफ र गण्डकी खेल्ने 

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-११-१८
  • |
  • 370 पटक हेरिएको

सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरी बलको एपीएफ क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ ।

शुक्रबार भएको सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै गण्डकी प्रदेशले फाइनलमा स्थान बनाएको हो ।  एपीएफ क्लबले भने त्रिभुवन आर्मीलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेकाे हो ।

गण्डकीले पुलिस क्लबलाई ३-२ सेटमा पराजित गरेको हो ।  गण्डकीले पहिलो सेट १७-२५ ले गुमाएको थियो । त्यसपछि दोस्रो सेट २५-२१ ले जितेको थियो भने निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट गण्डकीले  २६-२४ ले जितेको थियो । चौथो सेट भने गण्डकीले पुलिसलाई २०-२५ अंकले सुम्पिएपछि विजेता बन्नका लागि पाँचौं सेटसम्म पुगेको थियो । जसमा गण्डकीले १५-११ अङ्कले जित निकाल्दै फाइनलमा स्थान पक्का गर्न सफल भयो ।

यस्तै अर्को सेमिफाइनल खेलमा  एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-० सेटले पराजित गरेको हो । एपीएफ क्लबले सो खेल २५-१६, २५-२२ र २५-१९ अङ्कले जितेको हो । फाइनल खेल शनिबार हुने छ । शनिबार नै तेस्रो स्थानका लागि आर्मी क्लब र पुलिस क्लबबीच प्रतिस्पर्धा हुने छ । 

प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले एक लाख ५० हजार, तेस्रो हुने टोलीले ५० हजार तथा  चौथोले ३० हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा विभागीय टोलीसहित सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, र कोशी प्रदेश सहभागी थिए । 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey