केबिन रोहन उपत्यका प्रतियोगिता शुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-११-१८
  • |
  • 261 पटक हेरिएको

नेपाल क्योकिसिन काईकान अलाइट कराते एसोसिएशन एण्ड किक बक्सीङ संघद्वारा आयोजित ८ औ केबिन रोहन उपत्यका प्रतियोगिता आज शुक्रबारदेखि शुरु भएको छ ।

काठमाडौं स्थित दक्षिणकाली –१ खहरेमा इण्डो नेपाल प्रतियोगिता तथा अन्तराष्ट्रिय सेमिनार एवं ८ औ केबिन रोहन उपत्यका प्रतियोगिता आयोजना भएको हो । प्रतियोगिताको बागमती उद्घघाटन संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले गरेका थिए । मन्त्री महर्जनले खेल पर्यटन विकासको लागि महत्वपूर्ण रहेको बताए ।

आगामी आर्थिक बजेटमा खेल विकासको लागि पनि कुरा उल्लेख गर्ने बताउनु भयो । प्रतियोगितामा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत, उपप्रमुख बसन्ती तामाङ डंगोलले उक्त प्रतियोगिताको  सफलताका लागि शुभकामना दिए । प्रतियोगितामा नेपालका सातै प्रदेश र भारत, वंगलादेशलगायतका देश सहभागी छन् ।

प्रतियोगिताका लागि अन्तराष्ट्रीय क्योकिसिन काईकान अलाइट  संघका अध्यक्ष पेटर ल्वल , उपाध्यक्ष पेटर होगर्थ, अन्तर्राष्ट्रिय साबाकी कराते(दो तेसिन्काई संगठनका संस्थापक तथा अध्यक्ष बेरी जोनस्टोन सहभागी छन् । प्रतियोगिता आइतबार सम्म चल्नेछ ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey