ब्याडमिन्टन सङ्घले प्रिन्सलाई बाइक दिएर सम्मान गर्ने
- नेप्लेज
- |
- २०८०-११-१८
- |
- 343 पटक हेरिएको
राष्ट्रिय ब्याडमिन्टन सङ्घले आफ्नो पूर्व घोषणा अनुरूप नेपालका नम्बर एक खेलाडी एवं पूर्व विश्व जुनियर नम्बर एक खेलाडी प्रिन्स दाहाललाई मोटरसाइकले सम्मान गर्ने भएको छ ।
१३ औँ पुष्पलाल स्मृति र्याङ्किङ्क राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको अन्तिम दिन भोलि शनिबार प्रिन्सलाई सम्मान गर्न लागिएको हो ।
सङ्घले पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको लगातार तीन संस्करणको विजेतालाई मोटरसाइकले सम्मान गर्ने घोषणा अनुरूप यस पटक प्रिन्सलाई सम्मान गर्न लागेको हो । प्रिन्स पुष्पलाल स्मृति ब्याडमिन्टनको १०औँ, ११औँ र १२ औँ संस्करणका विजेता हुन् ।
यस अघि यो सम्मान बाट रत्नजित तामाङ र नङ्गशलदेबी तामाङ सम्मानित भइसकेका छन् ।