युवा तथा खेलकुद मन्त्रालयको बजेट सिलिङ ३ अर्व १९ करोड 

Kelmi

  • मुक्तिबाबु रेग्मी
  • |
  • २०८०-११-१७
  • |
  • 1320 पटक हेरिएको

राष्ट्रिय योजना आयोगले युवा तथा खेलकुदमन्त्रालयलाई नयाँ बजेटको सिलिङजम्मा ३ अर्व १९ करोड तोकेको छ ।

आउँदो आर्थिक वर्ष २०८१-८२ का लागि योजना आयोगले कुल १८ खर्बको सिलिङ तोक्दा युवा तथा खेलकुदमन्त्रालयको भागमा ३ अर्ब १९ करोड बिनियोजन गर्ने गरी योजनाहरु पेश गर्न भनिएको छ । आर्थिक वर्ष २०८०-८१ मा युवा तथा खेलकुदमन्त्रालयमा २ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ विनियोजन भएको थियो ।

युवा र खेलकुदमा त्यही बजेटबाट कार्यक्रमहरु तय हुन्छन् । मन्त्रालय अन्तर्गत झण्डै ८० प्रतिशतमाथिको बजेट राष्ट्रिय खेलकुद परिषद् राखेपले खर्च गर्छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान

प्रधानमन्त्रीदेखि शीर्ष नेताहरुले पछिल्लो समय नेपाली खेलकुदको विकासका लागि पहल गर्ने बजेट बढाउने आश्वासन दिए पनि नयाँ सिलिङले भने युवा तथा खेलकुदमन्त्री स्वयं सन्तुष्ट छैनन् ।

उनले कुल बजेटको १ प्रतिशत बजेट युवा तथा खेलकुदमा विनियोजन गर्नु पर्ने बताउँदै आएका थिए ।

तर, योजना आयोगबाट जम्मा ३ अर्ब १९ करोडको बजेट आए पछि उनले यो बजेटबाट नयाँ योजना बनाउन नसकिने भन्दै प्रधानमन्त्रीलाई भेटेर असन्तुष्टि समेत व्यक्त गरेका छन् ।

उनले विहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेरै बजेटको सिलिङ बढाउन आग्रह गरेका हुन् ।

प्रि बजेटमा भनियो 'क्रिकेटमा थप लगानी हुन्छ'

२०८१ सालमा कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गनु पर्ने छ ।

उक्त प्रतियोगिताका लागि बजेट बनाउनु पर्ने र पछिल्लो समय क्रिकेट लगायतले हासिल गरेको सफलताका कारण पूर्वाधार निर्माणको कामका लागि पनि बजेटको सिलिङ बढाउनु पर्नेमा आफूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको मन्त्री लिम्बूले जानकारी दिए ।

खेल क्षेत्रको विकासमा नयाँ इतिहास बनाउन चाहन्छौं : मन्त्री लिम्बु

जवाफमा प्रधानमन्त्री प्रचण्डले युवा तथा खेलकुदको क्षेत्रमा बजेटका कारण कुनै पनि कार्यक्रमहरु नरोकिने प्रतिवद्धता जनाउँदै सिलिङकै विषयमा पनि अर्थमन्त्रालय र राष्ट्रिय योजना आयोगमा छलफल गर्ने बताए । 

युवा तथा खेलकुद मन्त्रालय नयाँ बजेटको तयारीमा

 


#राखेप #नेपाल #राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey