खेलकुद बिमा लेख पहिलोपटक कार्यन्वयनमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-११-१७
  • |
  • 233 पटक हेरिएको

खेलकुद बिमा लेख पहिलोपटक कार्यन्वयनमा आएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षक गरी ६० जनाको बिमा गरेसंगै खेलकुद विमा लेख पहिलोपटक कार्यन्वयनमा आएको हो ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई राष्ट्रिय बिमा कम्पनी लिमिटेडका मार्केटिङ म्यानेजर देवराज घिमिरेले बिमा लेख हस्तान्तरण गरे ।

 विशेष प्रशिक्षणमा तेक्वान्दो, कराते, उसु, जुडो र बक्सिङका ५० खेलाडी तथा १० प्रशिक्षक रहेका छन् । प्रत्येकको ७ लाख रुपैयाँ बराबरको बिमा गरिएको छ । बिमाको अवधि १ सय ६३ दिन रहेको छ । उपचार गर्नु पर्ने अवस्थामा भने प्रत्येकले बिमित रकमको २५ प्रतिशत पाउने छन् ।

नेपाल बिमा प्राधिकरणले खेललाई न्युन जोखिम, सामान्य जोखिम र जोखिमयुक्त गरी ३ समूहमा वर्गिकरण गरी २०८० साल मंसिर १३ गते खेलकुद बिमा लेख जारी गरेको थियो । सदस्य–सचिव टंकलाल घिसिङले २०७८ मंसिर १४ गते सदस्य–सचिवको पदभार ग्रहण गर्ने क्रममा खेलाडीको हितलाई मध्यनजर गरी खेलकुद बिमालेख कार्यान्वयन गर्ने महत्वपूर्ण घोषणा गरेका थिए ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey