आईटीएफ तेक्वान्दो टोली मलेसिया प्रस्थान

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-११-१६
  • |
  • 269 पटक हेरिएको

ह्वा राङ वारियर्स आईटीएफ खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ ।

फेब्रुअरी २९ देखि मार्च ४ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष र १ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुषको ५२ केजीमुनि वीरेन्द्र कुँवर, ६२ केजीमुनि कैलाश अर्याल र ७५ केजीमुनि देवेन्द्र सुनार रहेका छन् । महिला ५२ केजीमुनि सजिना तामाङले खेल्ने छिन् ।

प्रशिक्षकमा विक्रम बान्था मगर छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey