नविता टोयोटाको सद्भावना दूत नियुक्त

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-११-१५
  • |
  • 234 पटक हेरिएको

लगातार नौं पटककी राष्ट्रिय च्याम्पियन टेबलटेनिसकी नविता श्रेष्ठ मङ्गलबार टोयोटा नेपालको विश्वव्यापी सद्भावना दूत नियुक्त भएकी छन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठको उपस्थितिमा नेपालमा टोयोटा मोटरको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) का निर्देशक सुर्यान्स वैद्य र नविताले एक कार्यक्रमबीच सम्झौता गरे । सम्झौता एक वर्षको रहेको छ । सम्झौता अनुसार नविताले टोयोटाका विभिन्न जनचेतना जगाउने कार्यक्रममा साथ दिने छिन् ।

निर्देशक वैद्यले टोयोटाको विश्वव्यापी पहल ‘स्टार्ट योर इम्पोसिबल’ को अवधारणा अनुरुप नवितासंग सहकार्य गरेको जानकारी दिए ।

नविताले टोयोटाले आफूलाई सद्भावना दूत नियुक्त गरेकोमा गौरवान्वित भएको बताउदै आफूले टोयोटासंग मिलेर महिला सशक्तीकरणमा काम गर्ने बताइन् ।

एनओसीका अध्यक्ष श्रेष्ठले टोयोटा ओलम्पिकको विश्वव्यापी साझेदार भएकोले यस सम्झौतामा एनओसीको मध्यस्थकर्ता भूमिका रहेको जानकारी दिदै यो साझेदारीले नेपाली खेलकुद तथा खेलाडीहरुमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey