सन्दीपको उच्च अदालतमा पहिलो तारिख चैत १२ गते

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-११-१०
  • |
  • 2276 पटक हेरिएको

 बलात्कारको अभियोगमा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले फैसला पुनरावलोकनका लागि उच्च अदालत पाटनमा निवेदन दर्ता गरेका छन् ।

कानुनन व्यवसायी सरोजकृष्ण घिमिरे र आफ्ना दाजुसहित पाटन पुगेका उनले कार्यालय समय सकिनु अघि निवेदन दर्ता गरेका हुन् ।

२ दिन अघि मात्रै सल्यक्रिया गरेका उनी असहज गरी हिँडेका थिए । निवेदन दर्ता गरेपछि कानुन व्यवसायी घिमिरले जिल्ला अदालतको फैसला चित्त नबुझेर उच्च अदालतमा पुनरावलोकनका लागि आएको बताए । उनले जिल्ला अदालतले त्रुटी गरेको बताउँदै पाटनबाट न्याय पाउने आशा व्यक्त गरे । पाटनले पहिलो तारिख चैत १२ गतेलाई दिएको छ ।

 

 

यसअघि, जिल्ला अदालत काठमाडौंले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा लमछिानेलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाइएको थियो ।

जिल्ला अदालतको उक्त फैसला चित्त नबुझेको भन्दै उनले पुनरावेदन गरेकाले अब फैसला नआउञ्जेल उनी जेल जानु पर्ने छैन । 

सन्दीपले जेल बाहिरै बसेर मुद्दा लड्ने अनुमति पनि मागेका थिए । पाटनका रजिष्ट्रारले सन्दीपलाई जेल बाहिर बसेर मुद्दा लड्न अनुमति दिएका छन् । 

No description available.

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey