सनराइज र वाल्मिकी एक्सपर्ट भरतपुर मेयर्स कप क्रिकेटको लिगमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१०-२९
  • |
  • 380 पटक हेरिएको

सनराइज इंग्लिस स्कुल भरतपुर र वाल्मिकी शिक्षा सदन भरतपुर एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरद्यिालय क्रिकेटको नकआउट चरण पार गर्दैै लिगमा प्रवेश गरेका छन् । आज भएको खेलमा वाल्मिकीले वाकओभर पाउदाँ सनराइजले होली भिजन पब्लिक स्कुल लंकुलाई ५९ ले हराउदै लिगमा स्थान सुरक्षित गरेको हो । 

पहिलो खेलमा वाल्मिकीको प्रतिद्वन्दी सिर्जना स्कुल निर्धारित खेलतालिकाभन्दा १ घण्टासम्म उपस्थित नभएपछि टेक्निकल कमिटीको निर्णयले वाल्मिकीलाई वाकओभर दिइएको थियो । 

यस्तै अर्को खेलमा भरतपुर १५ स्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सनराइजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन जोड्यो । एउटा इन्डबाट लगातार विकेट गुमाएपनि सनराइजको इनिङ्स मध्यक्रममा चन्दन महतोले सम्हाले । ३८ बल खेल्दै चन्दन ७ चौका र ४ छक्काको मद्धतमा ७० रनमा नटआउट रहे । 

बलिङमा विशाल खत्री र सागर कंडेलले समान २ विकेट लिदा आर्यन सुवेदी, प्रशान्त गिरी र निवास कंडेलको नाम समा १ विकेट रह्यो ।

१ सय ४२ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङ थालेको होली भिजन १४.४ ओभरमा अलआउट हुदै ८२ रनमा रोकियो । सर्वाधिक २१ रन होली भिजनका सनम तामाङ उज्जवल पटेलको बलमा बोल्ड आउट हुँदै पेभिलियन फर्किए । सागर कंडेलले तल्लोक्रममा १४ रन जोडे । 

बलिङमा दिवस लामिछाने र उज्जवल पटेलले समान ४ तथा चन्दन महतोले २ विकेट लिए । २ विकेट लिदै नटआउट ७० रन बनाउदै अलराउण्ड प्रदर्शन गरेका चन्दन महतो खेलको प्लेयर अफ द म्याच भए ।

प्रतियोगिता अन्तर्गत भोलि नकआउट चरणका अन्तिम खेल हुनेछन् । पहिलो खेलमा ओमशान्ति एकेडेमी भरतपुर र अंकुरम एकेडेमी भरतपुर खेल्नेछन् । त्यस्तै दोश्रो खेलमा अर्किड स्कुल भरतपुर र अरोमा स्कुल भरतपुर आमनेसामने हुनेछन् । 

नकआउटबाट छानिएका १० टोलीलाई गोलाप्रथा मार्फत २ समुहमा विभाजन गरी आफ्नै समुहमा राउण्ड रोबिन लिग खेलाइनेछ । फागुन ४ गतेबाट संचालन हुने लिग चरणको भव्य उद्घाटनको तयारी समेत गरिएको छ । 

भरतपुर महानगरपालिकाको आयोजना र चितवन जिल्ला क्रिकेट संघको सह–आयोजनामा संचालन भैरहेको प्रतियोगिता फागुन २२ गतेसम्म चल्नेछ ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey