मनामोहन मेमोरियल यू–१६ क्रिकेटमा गण्डकीको लगातार जित

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१०-२९
  • |
  • 366 पटक हेरिएको

मनमोहन मेमोरियल यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले लगातार दोस्रो जित निकालेको छ । गण्डकीले सोमबार कोशी प्रदेशलाई ४९ रनले पराजित गरेको हो ।

पहिला ब्याटिङ गरेको गण्डकीले निर्धारित २५ ओभरको खेमला ६ विकेट गुमाएर १७३ रनको विशाल योगफल तयार पारेको थियो ।

जवाफमा कोशी प्रदेशले ९ विकेट गुमाएर १२४ रनमात्रै जोड्न सक्यो ।

पहिला ब्याटिङ गर्दा  गण्डकीकका रोहित चन्दले २८ बलमा ३४ रनको आक्रामक पारि खेले । उनले एक छक्का र पाँच चौका प्रहार गरे । यसैगरी सफल श्रेष्ठले २० बलमा २२ रनको पारि खेल्दा तीन छक्का हिर्काएका थिए ।

कप्तान सरोजबहादुर खत्रीले २५ रन बनाउँदा ३० बल फेस गरेका थिए । उनले चार चौका प्रहार गरे ।

यसैगरी सुदर्शन कोइरालाले २५ बलमा २१ रन बनाउँदा दुई चौका प्रहार गर्दा अन्त्यमा युगान्त कार्कीले २९ बलमा ३२ रनको पारि खेले । उनले एक छक्का र चार चौका प्रहार गरेका थिए । यसैगरी दीपेन्द्र भण्डारीले सात रन बनाउँदा विजय राज लुइँटेलले खात खोल्न असफल रहे । कोशीका बलरहरुले अतिरिक्त ३२ रन खर्चिएपछि गण्डकीले निर्धारित ओभरमा ६ विकेट गुमाएर स्कोर बोर्डमा १७३ रन बनाएको थियो ।

१७४ रनको विशाल लक्ष्यसहित मैदान उत्रिएको कोशी प्रदेशले आक्रामक पारि नै खेल्न सकेन । कोशीका शिवान्स बज्गाईले ४४ बलमा ३४ रन बनाए । उनले चार चौका प्रहार गरेका थिए । यसैगरी रविन मण्डलले ३७ बलमा ३३ रनको पारि खेल्दा चार चौका हिर्काएका थिए ।

त्यसैगरी रोशन शाहले १८ बलमा १४ रन बनाउँदा एक चौका प्रहार गरे । कप्तान बिपु भुजेल ११ रनमा आउट हुँदा आफम ताहिरले छ रन जोडे । यस्तै, कृति कामतले ३ रन बनाउँदा एलिस मण्डल, दिवस खड्का, रेहान आलम र सशीश्वर कोइरालाले समान एक एक रन बनाए । दिव्यान्स बास्तोलाले खाता खोल्न सकेनन् । गण्डकीका बलरले अतिरिक्त १९ रन खर्चिएपछि कोशीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२४ रन बनाउँदा ४९ रनले पराजित भयो ।

गण्डकीका समीर भुजेलले ३ विकेट लिँदा दीपेन्द्र भण्डारी र प्रकाश खनालले दुई दुई विकेट हात पारे । यस्तै सोनु यादवले एक विकेट लिए । गण्डकीका समीर भुजेल प्लेयर अफ दी म्याच घोषित भए ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey