मनमोहन मेमोरियल यू–१६ मा बागमती प्रदेश विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१०-२९
  • |
  • 378 पटक हेरिएको

पोखरामा जारी मनमोहन मेमोरिय यू–१६ क्रिकेट प्रतियोगितामा बागमती प्रदेश विजयी भएको छ । पोखरा रंगशालामा सोमबार भएको खेलमा बागमतिले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गरेको हो ।

पहिला ब्याटिङ गरेको कर्णाली प्रदेशले निर्धारित २५ ओभरका खेलमा ९ विकेट गुमाएर १०३ रन बनाएको थियो । कर्णालीका लागि दीपक खत्रीले सर्वाधिक ४१ रन बनाउँदा विपिन प्रसाद शर्माले १९ रन जोडे । यसैगरी अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नमनसिंह थापाले ९ रन बनाउँदा विकेटकिपर भुपेन्द्र शाहीले ६ रनको योगदान गरे । त्यसैगरी ओपनर रोशत शाहीले ४ तथा अर्का ओपरन तथा कप्तान आदित्य विक्रम शाहले १ रन जोडे । कबि बलमे २ रन बनाउँदा नविन न्यौपाने, बृजन न्यौपाने, दीपक भुल र भुवन भण्डारीले खाता खोल्न सकेनन् । 

बागमतीका लागि रोहित ठाकुरले सर्वाधिक ४ विकेट लिँदा शिवशक्ति महतोले ३ विकेट हात पारे । यसैगरी युगान्त कार्की र तपेन्द्र विष्टले एक एक विकेट हात पारे । 

१०४ रनको लक्ष्यसहित मैदान उत्रिएको  बागमती प्रदेशले २४.१ ओभरमा ६ विकेट गुमाएर जित निकाल्न सफल भयो । बागमतीलाई जिताउनका लागि कप्तान सूर्यान्सु कोइरालाले ६४ रनको नटआउट पारि खेले । उनले ६८ बल फेस गर्दा ८ चौका प्रहार गरेका थिए । त्यसैगरी रोहित शर्माले १६ रन बनाउँदा हिमाल बोहोरा ७ रन बनाएर पभेलियन फर्किए । 

यस्तै विकेटकिपर ब्याटर वुद्धिमान विष्टले ५ रन जोड्दा दीपेश साहले २ रनको पारि खेले । रोहित ठाकुरले नटआउट ३ रनको योगदान गर्दा विरेन्द्र सिंह धनादी र शिवशक्ति महतोले खाता नै खोल्न असफल रहे । कर्णालीका विपिन प्रसाद शर्माले २ विकेट लिँदा दीपक खत्री, दीपक भुल र आदित्य विक्रम शाहले एक एक विकेट मात्र हात पारे । आजको खेलमा बागमतीका रोहित ठाकुर प्लेयर अफ दी म्याच बने ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey