राजनीतिज्ञ र कलाकारबीचको मैत्रीपूर्ण फुटबल बराबरीमा 

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१०-२९
  • |
  • 236 पटक हेरिएको

दोस्रो संस्करणको केपी ओली कप तयारी स्वरुप राजनीतिज्ञ र कलाकारबीच मैत्रीपूर्ण फुटबल भएको छ ।

सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा राजनीतिक र कलाकारबीच ३–३ गोलको बराबरी भएको थियो । खेलमा राजनीतिज्ञ टिममा एमालेका नेता, माओवादीका रञ्जीत तामाङ लगाएत सहभागी थिए भने कलाकारतर्फ धिरेन शाक्य, कृष्ण मल्ल, रविन्द्र खड्का लगाएत सहभागी थिए ।

एमाले अध्यक्ष केपी ओलीले भने बाहिरैबाट खेल अबलोकन गरेका थिए । राष्ट्रिय युवा संघ, नेपालको आयोजनामा फागुन ११ गतेदेखि १९ गतेसम्म काठमाडौंमा दोस्रो संस्करणको केपी ओली कप हुँदैछ । प्रतियोगीतामा केपी ओली फुटबल क्लबका साथै सात ए डिभिजन क्लबले सहभागीता जनाउनेछन् ।

त्यस्तै भारतको दिल्ली फुटबल क्लव र भारत वेष्ट बंगालको मानेभङ्ज्याङ क्लबले समेत सहभागीता जनाउने आयोजकले जनाएको छ । प्रतियोगितामा बिजयी टोलीले ११ लाख रुपैयाँ र  दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ प्रदान गरिन युवा संघले जनाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पनि एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने, यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई पनि जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ भने हरेक खेलको म्यान अफ दी म्याचले पनि १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey