एथ्लेटिक्सका दीपक उत्कृष्ट पुरुष खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१०-२८
  • |
  • 338 पटक हेरिएको

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका धावक दीपक अधिकारीले आइतबार एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा वर्षको उत्कृष्ट पुरुष खेलाडी पुरस्कार जितेका छन् ।

वर्ष २०७९ मा गरेको प्रदर्शनका आधारमा नेपाली खेल पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले वर्षेनी प्रदान गर्ने अवार्डको २०ओं संस्करणमा दीपकले गतवर्ष काठमाडौंमा भएको १६औं एसियाली क्रसकन्ट्री प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट पुरुष विधाको पुरस्कार जितेका हुन् ।

मनोनयनको शीर्ष तीनमा रहेका क्रिकेटरद्धय राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र ओपनर आसिफ शेखलाई पछि पार्दै दीपकले उपाधि जितेका हुन् । उपाधिसँगै उनले पल्सर मोटरसाइकल प्राप्त गरे ।

दीपकले एसियाली क्रस कन्ट्री प्रतियोगिताको पुरुष १० किलोमिटर र टिम इभेन्टमा गरी दुई स्वर्ण पदक जितेका थिए । गतवर्ष नै पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा १० किलोमिटरमा स्वर्ण पदक जित्दा उनको नाममा नयाँ राष्ट्रिय कीर्तिमान पनि बनेको थियो । 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey