राजपुरा पछाईले जितिन् उत्कृष्ट महिला खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१०-२८
  • |
  • 389 पटक हेरिएको

एथलेटिक्सकी राजपुरा पछाईले उत्कृष्ट महिला खेलाडीको अवार्ड हात पारेकी छिन् ।

२०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत उनले उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेको हुन् । उनले मनोनयनको शीर्ष ३ मा परेका अनुशा मल्ल र पुष्पा भण्डारीलाई पछि पारिन् । 

उनले गत वर्ष भएको  १६ औं एसियन क्रसकन्ट्री च्याम्पियनसिप १० किमिमा रजत पदक जितेकी थिइन् भने त्यही प्रतियोगिताको महिला टिममा रजत (पुष्पा भण्डारी र विन्द्राधन्के श्रेष्ठ) हात परेकी थिइन् ।

यस्तै नवौं राष्ट्रिय खेलकुद महिला ५ हजार मिटरमा रजत जितेकी उनले वीर गणेशमान सिंह र धरान १० किमि रोड रेसमा स्वर्ण पदक हात पारिन् ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey