शारिरीक सुगठनका राजेन्द्र कुमार प्रधानलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड 

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१०-२८
  • |
  • 370 पटक हेरिएको

काठमाडौं । शारिरीक सुगठनका राजेन्द्र कुमार प्रधानलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड भारत्तोलनका पहिलो ओलम्पियन राजेन्द्र कुमार प्रधानलाई प्रदान गरिएको छ । 

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड अन्तर्गत याक एण्ड यति होटेलमा आइतबार भएको कार्यक्रममा साढे ५ दशकको भारोत्तोलनको इतिहासको सम्मान गर्दै उनलाई प्रदान गरिएको हो ।

बोल्न सुन्न÷ नसक्ने खेलाडीले खेलकुदमा के सम्म गर्न सक्ला ? राजेन्द्रले त खेलाडीका रुपमा ओलम्पिक खेले, प्रशिक्षक बन्दै सयौं खेलाडी उत्पादन गरे अनि अन्तर्राष्ट्रिय निर्णायक सम्म बनेका छन् । 

लगातार मेहनत पछि जिउडाल यति राम्रो बन्यो की १७ वर्षको उमेरमा उनी ‘मिस्टर काठमान्डू’ अनि पावर लिफ्टिङमा ‘स्ट्रङगेस्ट म्यान अफ काठमान्डू’ उपाधि जिते। 

खेलकुद परिषदको पौडी पोखरीमा लाइफ गार्डको जागिर अनि रंगशालाको हलमा जिम गर्ने उनको दिनचर्या थियो । त्यसैबेला नेपालले सन् १९७८ को बैंकक एसियाली खेलकुदमा भाग लिंदै थियो र त्यसमा भारोत्तोलन खेल समावेश थियो । तत्कालिन राखेपका संरक्षक धीरेन्द्र शाहको आँखा हट्टा कट्टा राजेन्द्र माथि पर्यो । र उनलाई भारोत्तोलन खेलाडीका रुपमा बैंकक एसियाडमा छनोट गर्यो । 

शारिरिक सुगठनका खेलाडीलाई बैंककमा खेल्न दिने त कुरै भएन । खेल्न नपाएपनि उनले त्यहाँ भारोत्तोलनको प्रतिस्पर्धा हेरे र एउटा अठोट भने लिएर फर्किए । 

फर्किएपछि राजेन्द्र भारोतोलनमा लागे यसरी दत्तचित्त भएर लागे की उनी नेपालको पहिलो भारोत्तोलन च्याम्पियन बन्न सफल भए । अनि बैंककबाट फर्केको दुई वर्षपछि मस्को ओलम्पिक खेल्दै उनी नेपालको पहिलो ओलम्पिक भारोत्तोलन खेलाडी बने । विश्वास नलाग्न पनि सक्छ, आवाज नभएको ब्यक्तिले कसरी प्रशिक्षण दिन्छ होला । तर उनी नेपालको अब्बल दर्जाका प्रशिक्षक हुन् भने अन्तर्राष्ट्रिय निर्णायक पनि । इशारा नै उनको हतियार हो । उनले एउटा एसियाली र २ वटा दक्षिण एसियाली खेलकुदमा प्रशिक्षकको भूमिका निर्वाह गरे ।  

भारोत्तोलनका राजेन्द्रका नेपालका सबै चर्चित खेलाडिहरु चेला चेली हुन् ।

उनी, राखेपबाट रिटायर्ड भएको पनि ११ वर्ष भइसक्यो । तर भारोत्तोलनमा सकृयता पटक्कै घटेको छैन । अहिले पनि उनी रंगशालाको भारोत्तोलन हलमा चक्कर नकाटे चित्त बुझ्दैन । 

राजेन्द्रको इशारा भारोत्तोलनको आवाज हो । यी नै ओलम्पियन खेलाडी, प्रशिक्षक, निर्णायक, र आवाज विहिनका उहादरण राजेन्द्र कुमार प्रधानलाई नेपाल खेलकुद पत्रकार मञ्च प्रदान गर्दछ एनएसजेएफ लाइफटाइम अचिभमेन्ट अवार्ड २०७९ प्रदान गरेको हो ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey