चन्द्र गुरुङ बने वर्षको उत्कृष्ट प्रशिक्षक

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१०-२८
  • |
  • 492 पटक हेरिएको

एथलेटिक्सका चन्द्र गुरुङले वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारेका छन् ।

२०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत गुरुङले उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारेका हुन् ।

अवार्डको शीर्ष ३मा परेका बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमाटालाई पछि पार्दै उनले अवार्ड हात पारे ।

उनी १६औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा नेपाललाई २ स्वर्णसहित ऐतिहासिक पदक दिलाउने प्रशिक्षक हुन् ।

१६औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा नेपालले सिनियरमा २ स्वर्ण र १ कांस्य तथा जुनियरमा २ रजत र १ कांस्य जित्दा उनी प्रशिक्षक थिए ।

यस्तै उनकै प्रशिक्षणमा बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा नेपाल १ स्वर्ण र २ कांस्य जितेको थियो ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey