एसीसी महिला प्रिमियर कप खेल्न महिला टोली मलेसिया जाँदै 

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१०-२५
  • |
  • 357 पटक हेरिएको

मलेसियामा हुने एसीसी महिला प्रिमियर कपमा सहभागी हुने महिला राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गरिएको छ । 

बिहीबार काठमाडौंमा क्यानले महिला राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गरेको हो । प्रतियोगीता १० देखि १८ फेब्रुअरीसम्म हुनेछ । विदाई कार्यक्रममा महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले आफुहरुको बन्द प्रशिक्षण निकै राम्रो भएको भन्दै महिला टि२० एसिया कपमा क्वालीफाई भएर फर्कने विश्वास व्यक्त गरिन् ।

त्यस्तै मुख्य प्रशिक्षक मनोज कटवाल बन्द प्रशिक्षणमा क्रममा राम्रो अभ्यास भएको नजिता पनि राम्रो आउने बताए । उनले खेलका लागि सवै खेलाडीहरु फिट रहेको उल्लेख गरे । 

प्रतियोगितामा नेपाल, थाईल्यान्ड, युएई, इन्डोनेसिया, हङकङ, चीन, म्यानमार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्स छन् । फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा हुने महिला टि२० एसिया कप खेल्न पाउनेछन् । उक्त एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र छनोटबाट आउने दुई टोली हुनेछन् ।

 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey