नेपाल र क्यानडाबीचको क्रिकेट डिसहोम गोमा पनि

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१०-२४
  • |
  • 1420 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा विहीबारदेखि काठमाडौंमा हुन लागेको नेपाल र क्यानडाबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ । 

तीन खेलको सिरिजका लागि क्यानेडियन टोली पनि काठमाडौं आइसकेको छ । नेपाल र क्यानडाबीचको खेल प्यारापिटमै बसेर हेर्नका लागि कीर्तिपुर पुग्नु पर्ने छ । 

तर, मैदानमा हेर्न पनि नजानेहरुका लागि विकल्प पनि रहेको छ । त्यो विकल्प भनेको डिस होम हो । नेपाल र क्यानडाबीचको बाइल्याटरल सिरिज डिशहोम गो एप्समा एचडी क्वालीटिमा मोबाइलमै हेर्न सकिने छ भने टेलिभिजनमै हेर्नका लागि डिसहोमकै एक्सन स्पोर्टस एचडी वान पनि रहेको छ । 

डिसहोमले यसअघि पनि क्रिकेट, फुटबल भलिबल जस्ता नेपालका चर्चित खेलहरु प्रशारण गरिसकेको छ । हालै डिसहोमबाट पोखरामा भएको २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिता पनि प्रत्यक्ष प्रशारण भएको थियो ।

नेपाल र क्यानडाबीचको पहिलो एक दिवसीय क्रिकेट विहीबार विहान सवा ९ बजेदेखि सुरुहुने छ । 

    

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey