डिसिएल-२ लाई नेपाल बैंक लिमिटेडको साथ

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१०-२३
  • |
  • 406 पटक हेरिएको

दाङ क्रिकेट लिग–२ को मिति नजिकिँदै जाँदा प्रतियोगिता सफल बनाउन विभिन्न संघसंस्था र निकाय जोडिने क्रम जारी छ । आगामी फागुन १४ गतेदेखि दाङमा हुन लागेको दाङ क्रिकेट लिग–२ को गोल्ड प्रायोजकमा नेपाल बैंक लिमिटेड जोडिएको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा हुने दोश्रो संस्करणको दाङ क्रिकेट लिग–२०८० (डिसिएल–२) का लागि गोल्ड प्रायोजकमा नेपाल बैंक लिमिटेड र आयोजक बीच मंगलबार सम्झौता भएको छ ।

नेपाल बैंक लिमिटेड दाङ शाखा प्रबन्धक केशव सुवेदी र दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाबिच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मुख्य प्रायोजकको खोजीमा रहेको डिसिएल–२ का लागि अहिलेसम्म हस्पिटालिटी पार्र्टनर भिंग्रेली भिलेज रिसोर्ट, मेडिकल सहयोग पार्टनर बुद्ध इन्टरनेशनल हिस्पटल, खेलाडी रजिष्ट्रेशन अनलाईन पार्टनर खल्तीबीच सम्झौता भईसकेको छ । दाङमा क्रिकेटको विकाससँगै खेललाई व्यावसायिक बनाउने लक्ष्यका साथ संचालन गर्न थालिएको डिसिएल–२ का फ्रेन्चाईज मालिक र आयोजक दाङ जिल्ला क्रिकेट संघबीच यसअघि नै सम्झौता पत्रमा हस्ताक्षर भईसकेको छ । प्रतियोगितामा देउखुरी वारियर्स, घोराही टाईगर्स, पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स र दंगाली लायन्सले डिसिएल–२ खेल्नेछन् ।

जसको घोराहीस्थित लिगको हस्पिटालिटी पार्टनरका रुपमा रहेको भिंग्रेली भिलेज रिसोर्ट रहेको प्रतियोगिता संयोजक समेत रहनुभएका दाङ जिल्ला क्रिकेट संघका सचिव सन्जु केसीले जानकारी दिए । प्रतियोगिताले दाङ जिल्लाको क्रिकेटसँगै समग्र खेलकुद र आर्थिक विकासका लागि मद्दत गर्ने अध्यक्ष प्रदीप मजगैयाँले बताए । प्रतियोगितामा भाग लिने खेलाडीका लागि खल्ती एपमार्फत रजिष्ट्रेशन खुला गरिएको छ । खेलाडीहरुको अक्सन अब चाँडै गर्ने तयारी भईरहेको प्रतियोगिता निर्देशक विशेष अधिकारीले जानकारी दिए ।

प्रतियोगिता जिल्लामा क्रिकेट खेलको वातावरण बनाउनेदेखि जिल्लाबाहिर क्रिकेटको सम्भावना बोकेको जिल्लाको पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिईएको पाँच वटै क्लवले अपेक्षा गरेका छन् । प्रतियोगिताको मिति नजिकिँदै गर्दा विभिन्न सहयोगीहरु पनि जोडिने क्रम जारी छ । घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा भएको पहिलो संस्करणको दाङ क्रिकेट लिगमा घोराही टाईगर्सले देउखुरी वारियर्सलाई हराउँदै उपाधि जितेको थियो ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey