तेर्‍हौं पुष्पलाल स्मृती ब्याडमिनटन फागुन दोश्रो साता

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१०-२१
  • |
  • 195 पटक हेरिएको

तेर्‍हौं संस्करणको पुष्पलाल स्मृती राष्ट्रिय र्‍याङ्किग ब्याडमिन्टन प्रतियोगिता फागुन १४ देखि १९ गते सम्म काठमाण्डौमा आयोजना हुने भएको छ ।

नेकपा एमालेको भातृ संस्था खेलकुद महासंघ नेपाल अन्तरगत रहेको राष्ट्रिय ब्याडमिन्टन संघले विगत बर्ष देखि निरन्तरता प्रदान गर्दै आइरहेको यस प्रतियोगितामा १२ विधामा प्रतिस्पर्धा गराईने संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी गराए । प्रतियोगितालाई खेल सामाग्री उत्पादक संस्था लिनिङ्गको मुख्य प्रायोजन रहेको छ ।

सहआयोजक महांकाल ब्याडमिन्टन क्लब, चन्द्रागिरीको कभर्डहलमा आयोजना हुने प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघको शीर्ष ८ बरियतामा रहेका पुरुष र महिलाहरुको एकल, ८ बरियता देखि बाहेकका पुरुष र महिला एकल, पुरुष र महिला युगल, यु–१७ ब्वाइज र गल्र्स एकल, भेट्रान्स ४५ बर्ष माथी र मास्टर्स ५५ बर्ष माथीको स्पर्धाका साथ यस पटकको प्रतियोगितामा यु–१३ को ब्वाई र गल्र्स एकलको थप विधा समावेश गरिएको छ ।

ब्याडमिन्टको इतिहासमा एक सम्मानित प्रतियोगिताको रुपमा रहेको यस प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख २३ हजार रहेको छ । शीर्ष ८ बरियताका खेलाडीहरुको प्रतिस्पर्धा दुई समूहमा विभाजन गरि लिग कम नकआउटका आधारमा खेलाईने छ । यस विधामा सहभागी प्रत्येक खेलाडीले नगद १५ हजार प्राप्त गर्ने र लिग चरणका प्रत्येक खेलमा जित हात पारे बापत थप नगद १५ सय प्राप्त गर्ने छन् । दुई समूहका शीर्ष २ स्थान प्राप्त गर्ने खेलाडीहरुले सेमीफाईनलमा स्थान पक्का गर्नेछन् । बिजयी खेलाडीले नगद ५० हजार, उपबिजयीले नगद ३० हजार र सेमिफाईनलिस्ट द्वयले नगद करिव १५ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने संघका महासचिव सुनिलमान शाक्यले जानकारी गराएका छन् ।

प्रतियोगितामा शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले मेडल, ट्रफी र प्रमाण पत्रका साथ शीर्ष ८ बरियता देखि बाहेकको पुरुष एकल र महिला एकलका शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्ने छन् । यस्तै पुरुष युगल तर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद ३० हजार, १५ हजार र ५ हजार प्राप्त गर्नेछन् । महिला युगल तर्फका शीर्ष तीनले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्ने छन् । यु–१७ र यु–१३ विधामा शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद १५ हजार, ८ हजार र ४ हजार तथा भेट्रान तथा मास्टर्सका शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद ३० हजार, १५ हजार र ५ हजार प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey