मुख्यमन्त्री कप भलिबलको उपाधि ‘एपीएफ’ले जित्यो

Kelmi

  • |
  • २०८०-१०-२०
  • |
  • 1039 पटक हेरिएको

कञ्चनपुर, २० माघ । मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ।

शनिवार कञ्चनपुरको महेन्द्रनगरस्थित खुल्लामञ्चमा भएको फाइनलमा गण्डकीलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले उपाधि हात पारेको हो। उपाधिसँगै एपीएफले चार लाख रुपैयाँ नगदसहित ट्रफी हात पारेको छ। उपविजेता गण्डकीले दुई लाख नगद प्राप्त गरेको छ। त्यस्तै, पुलिस क्लब तेस्रो भएको छ। त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिस तेस्रो भएको हो।

पुलिसले आर्मीलाई ३–१ ले पराजित गरेको हो। तेस्रो भएको पुलिसले एक लाख प्राप्त गरेको छ। सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा सम्पन्न प्रतियोगिता माघ १४ गतेदेखि शुरू भएको थियो। प्रतियोगितामा तीन विभागीयसहित सातवटै प्रदेशका टोली सहभागी थिए।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal