२० औं पल्सर स्पोर्ट्स अवार्डको मोबिलिटी पार्टनरमा ई–ड्राइभ नेपाल

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१०-१८
  • |
  • 358 पटक हेरिएको

२० औं एनएसजेएफ पल्सर स्पोर्टस अवार्डका लागि मोबिलिटी पार्टनरको रूपमा राइड सेयरिङ एप ई–ड्राइभ नेपाल आयोजक नेपाल खेलकुद पत्रकार मञ्चसँग आबद्ध भएको छ ।

यही माघ २८ गते होटल याक एण्ड यतिमा आयोजना हुने पल्सर स्पोर्टस अवार्डका लागि ई–ड्राइभ नेपाल र नेपाल खेलकुद पत्रकार मञ्चबीच सहप्रायोजनसम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र ई–ड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले हस्ताक्षर गरेका छन्।

नेपालमा भर्खरै विद्युतीय ट्याक्सीको अवधारणा भित्र्याउने ई–ड्राइभ नेपाल प्रतिष्ठित पल्सर स्पोर्ट्स अवार्डसँग जोडिन पाउँदा अत्यन्तै हर्षित भएको बताउँदै ई–ड्राइभका अध्यक्ष मास्केले आगामी दिन यो सहकार्यलाई थप मजबुत बनाउने बताए ।

मञ्चका अध्यक्ष सुवेदीले स्पोर्ट्स अवार्डको दायरा फराकिलो पार्ने क्रममा यस वर्ष फरक फरक क्षेत्रसँग सहकार्य गरिएको बताउँदै ई–ड्राइभसँगको सम्झौताले सवारी प्रदूषणबाट आक्रान्त स्थिति वातावरण सचेतनामा केही योगदान पुग्न विश्वास व्यक्त गरे ।

नौ विधामा प्रदान गरिने पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ ।

पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा पर्नुभएको छ । उहाँहरूको भोटिङका लागि प्रचारप्रसार तीव्र भइरहेको छ । ई–सेवाबाट भोटिङ र नेपाल खेलकुद पत्रकार मञ्च तथा मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनीको आधिकारिक फेसबुक पेजबाट भोटिङ जारी छ ।

पल्सर स्पोर्ट्स अवार्ड २०७९ को अन्य विधामा वर्षका उत्कृष्ट पुरुष, महिला र युवा तथा प्रशिक्षक विधाको मनोनयन पनि छिटै सार्वजनिक गरिने जानकारी गराउँछौं । त्यस्तै पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भने माघ २८ गते कार्यक्रमकै दिन घोषणा हुनेछ ।

यस पटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विजेताले जनही बजाज पल्सर मोटरसाइकल पाउनेछन् । तीमध्ये दुई वटा एन २५० र तीन वटा एन १६० मोटरसाइकल रहेको छ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

स्पोर्ट्स अवार्डका अन्य सह–प्रायोजक तथा सहयोगीमा ई–सेवा, सूर्य नेपाल प्रालि, होटल याक एन्ड यती, युनाइटेड अजोड इन्स्योरेन्स, लालपूर्जा नेपाल, सुबिसु, रोयल सिंगी होटल, प्लाजा गु्रप अफ होटल्स, आईएसएस, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी रहेका छन् ।

 

 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey