अन्तरपालिकास्तरीय भलिबलको उपाधि दमकलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१०-१३
  • |
  • 650 पटक हेरिएको

 पहाडी जिल्ला भोजपुरको टुँडिखेलमा सञ्चालित प्रथम मेयरकप अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि दमक नगरपालिकाले जितेको छ । 

आज भएको फाइनलमा भोजपुरको षडानन्द नगरपालिकालाई तीन शुन्यको सेटमा हराउँदै दमक नगरपालिका विजेता बन्न सफल भएको हो । शुक्रबार भएको सेमिफाइनलमा भोजपुरको आमचोक गाउँपालिकालाई हराउँदै दमक नगरपालिका र भोजपुर नगरपालिकालाई पछि पार्दैै षडानन्द नगरपालिका फाइनलमा प्रवेश गरेका थिए । 

विजेता दमक नगरपालिकाले नगद रु एक लाख र उपविजेता षडानन्द नगरपालिकाले नगद रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने सेमिफाइनलमा पुगेका दुई टिमले पनि रु २५–२५ हजार पाएका छन् ।

यही माघ १० गतेबाट सञ्चालन भएको अन्तरपालिकास्तरीय भलिबल प्रतियोगितामा भोजपुर नगरपालिका, दमक नगरपालिका, षडानन्द नगरपालिका, आमचोक गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, रामप्रसाद राई गाउँपालिका, अरुण गाउँपालिका र साल्पासिलिछो गाउँपालिका गरी आठवटा टिमले सहभागिता जनाएको आयोजक जिल्ला खेलकुद विकास समिति भोजपुरले जनाएको छ ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey