प्रकाश स्मृति बक्सिङको फाइनल समिकरण पुरा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०३-१६
  • |
  • 298 पटक हेरिएको

काठमाडौं, १६ असार । प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा फाइनल समिकरण पूरा भएको छ । फाइनलमा विभागीय टोलीका खेलाडीको वर्चश्व देखिएको छ ।

प्रतियोगिताको ४९ केजी तौल समूहमा आर्मीका सुशिल थापा र सशस्त्र प्रहरीका आश तामाङ फाइनलमा पुगेका छन् । सेमिफाइनलमा आर्मीका सुशिलले सशस्त्रका प्रदिप महर्जनलाई हराए भने आशले कास्कीका विष्णु गौतमलाई हराए । पुरुष ५२ केजी तौल समूहको स्वर्णका लागि एपीएफका पुरन राई र कास्कीका दिनेश बानियाँ भिड्ने भएका छन् । सेमिफाइनलमा पुरनले झापाका सुरेन्द्र राईलाई हरा एभने दिनेशले झापाका जितेन्द्र राईलाई पराजत गरे ।

६० केजी तौल समूहको सेमिफाइनलमा आर्मीका दानबहादुर दर्लामीले नक्सालका किशोर शर्मालाई र झापाका प्रकाश लिम्बुले कञ्चनपुरका रामबहादुर थापालाई हराए । ६४ केजी तौल समूहको पहिलो सेमिफाइनलमा आर्मीका नरेश थापाले एपीएफका सोनम कार्कीलाई हराउँदै फाइनलमा प्रवेश गरे । अर्को सेमिफाइनलमा झापाका अविनय राईले आर्मीका बुद्धिशागर गुरुङलाई पराजित गर्दै नरेशसँगको भिडन्त पक्का पारे ।

६९ केजीमा आर्मीका रवि सुनुवारले आफ्नै क्लबका सन्दिप बेन्जुलाई हराए । अर्को सेमिफाइनलमा कास्कीका हेमराज राउतले काठमाडौंका सरियान्स प्रजापतिलाई पराजित गर्दै फाइनलमा स्थान बनाए ।

पुरुषकै ७५ केजीमा बानुजका कौशलजंग थापाले आर्मीका लाल आलेमगरलाई र आर्मीका किरण राज शाहीले दमकका प्रेम गुरुङलाई हराउँदै फाइनल भिडन्त पक्का पारे ।

८१ केजीमा कास्कीका दिपक सुनुवारले आर्मीका कृष्ण सिंह धामीलाई हराए । अर्को सेमिफाइनलमा आर्मीका भुपेन्द्र सिंहले टिकाथलीका रवीन्द्र घिमिरेलाई हराए ।

अखिल नेपाल खेलकुद संघको आयोजनामा जारी प्रतियोगिताको महिला ४८ केजी तौल समूहको स्वर्णका लागि एपीएफका दुई खेलाडी आमने सामने हुनेछन् । नन्जा बुढामगरले आर्मीकी सुमित्रा विकलाई हराइन् भने सावित्री तामाङले अल्फाका विमला थापामगरलाई पराजित गरिन् ।

५२ केजी तौल समूहको पहिलो सेमिफाइनलमा मकवानपुरकी सन्जुमाया थिङले आर्मीकी आरती तामाङलाई हराइन् । यस्तै अर्को सेमिफाइनलमा एपीएफकी माला राईले आर्मीकी गिताकुमारी थापालाई हराउँदै फाइनलमा पुगिन् ।

५४ केजी तौल समूहमा आर्मीकी मिनु गुरुङ र काठमाडौंकी मिना घले फाइनलमा पुगेका छन् । मिनुले एपीएफकी निता गोसाईलाई हराइन् भने मिनाले दमककी चन्द्रकला राईलाई पराजित गरिन् ।

५७ केजीमा आर्मीकी चन्द्रकला थापाले एपीएफकी माया चौधरीलाई र नक्सालकी कुशुम तामाङले आर्मीकी मुना बम्जनलाई हराइन् ।

६० केजीमा आर्मीकी सविना श्रेष्ठ दमककी सोममाया लिम्बुलाई हराइन् भने ६४ केजीमा आर्मीकी विनिता मगरले नक्सालकी अम्बिका विकलाई र एपीएफकी विनिता थापामगरले भक्तपुरकी सरु ब्यन्जुलाई हराउँदै फाइनलमा स्थान बनाइन् । प्रतियोगिताका सबै फाइनल खेलहरु आइतबार हुनेछन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey