वादाे फेडेरेसनकाे अध्यक्षमा सुदर्शन विष्ट

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०३-१६
  • |
  • 245 पटक हेरिएको
नेप्लेज, १६ असार । इन्टरनेसनल वादो फेडेरेसन (आईडब्लुएफ) को पहिलो चुनावी साधारणसभाले सुदर्शनराज विष्टको अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।
उपाध्यक्षमा मोहन महर्जन र शम्भु तामाङ, महासचिवमा राजु सुवेदी, सचिवमा दामोदर भट्टराई तथा कोषाध्यक्षमा मथुराकुमार मास्के छन् । जनक लामा, नारायणदास श्रेष्ठ, सञ्जय महर्जन, सुनिल कुँवर, रविन दाहाल, मणिकृष्ण न्यौपाने, रामबहादुर लामा, शशि अधिकारी, नेयाजमान महर्जन र शैलेश कार्की सदस्यमा चयन भए ।
कार्यसमितिले शनिबारै ३ उपाध्यक्ष र २ सदस्यीय पनि मनोनित गरेको छ । मनीष जोशी, माधव त्रिपाठी र प्रतापसिंह लामा उपाध्यक्ष तथा दीपाकुमारी खड्का र सुनीता महर्जन सदस्यमा मनोनित भए ।
नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य मनबहादुर न्यौपानेले प्रमाण पत्र वितरण गरे भने राखेपअन्तर्गत खेलकुद विकास विभागका अधिकृत चन्द्रकुमार राईले शपथ खुवाए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey