रोनाल्डो भर्सेस स्वारेज
- नेप्लेज
- |
- २०७५-०३-१६
- |
- 301 पटक हेरिएको
प्लेयर्स टू वाच
लुइस स्वारेज, उरुग्वे
इजिप्टबिरुद्धको खेलमा गोल गर्न असफल स्वारेज केहि निराश देखिन्थे । तर, मोरक्को बिरुद्धको जितमा एकमात्र गोल उनैले गरेका थिए । सन् २०१० का् ह्याण्डबल र सन् २०१४ मा टोकेको घटना पछि उनी यस विश्वकपमा अहिलेसम्म आफूलाई विवादमुक्त गराइराखेका छन् ।
क्रिष्टियानो रोनाल्डो, पोर्चुगल
फर्नाण्डो सान्तोषको टोलीका सबैभन्दा ठूलो प्रेरणा नै रोनाल्डो हुन् । समग्र पोर्चुगलको प्रदर्शन उनकै वरिपरिमात्र घुमेको हुन्छ । समूहको अन्तिम खेलमा केहि लफडा र पेनाल्टी मिस भएपछि उनका लागि पनि प्रत्युत्पादक भएको छ । उरुग्वेबिरुद्धको खेलमा आफ्नो लयलाई ट्रयाकमा ल्याउनु पोर्चुगिज टोलीका लागि नै अपरिहार्य छ ।