लियोनल मेस्सी भर्सेस पाउल पाेग्वा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०३-१५
  • |
  • 158 पटक हेरिएको

पाउल पाेग्वा, फ्रान्स

फ्रान्सका मुख्य खेलाडी पाउल पोग्वालाई डेनमार्कबिरुद्धको खेलमा आराम दिइएको थियो । उनी अर्जेन्टिनाबिरुद्ध प्लेइङ सेटमा आउनेछन् । अर्जेन्टिनाको मिडफिल्ड अहिलेसम्म शानदार देखिएको छ । र, उच्च लयमा रहेका पोग्वा त्यसलाई ध्वस्त पार्न फ्रान्सको मुख्य हतियार हुनेछन् । समूहचरणको सुरुआती दुई खेलमा जित हासिल गर्न पोग्वाको प्रदर्शन अहम रहेको थियो ।

लियोनल मेस्सी, अर्जेन्टिना

अर्जेन्टिनाका प्रेरणा, टोलीका नेता, कप्तान र सर्वश्रेष्ठ खेलाडी । बार्सिलोनाका सुपरस्टार मेस्सी रुसमा सुरुआती दुई खेलमा आलोचनाका शिकार बने । तर, अन्तिम खेलमा नाइजेरियाबिरुद्ध गोल गरेपछि उनले आफ्नो स्थायी लयको छनक दिएका छन् । आजको खेलमा धेरै हदसम्म अर्जेन्टिनी टोली मेस्सीमा निर्भर रहन्छ, जस्तो कि यसअघिका खेलहरुमा देखिएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey