सुमित्रा र नन्जा प्रकाश स्मृति राष्ट्रिय बक्सिङको सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०३-१५
  • |
  • 209 पटक हेरिएको

काठमाडौं १५ असार । प्रकाश दाहाल स्मृति खुला राष्ट्रिय बक्सिङ प्रतियोगितामा आर्मीकी सुमित्रा बिक र एपीएफकी नन्जा बुढामगर सेमिफाइलमा प्रबेश गरेका छन् ।

प्रतियोगिताको तेश्रो दिन महिला ४८ केजीको क्वाटरफाईनल खेलमा सुमित्राले झापाकी रोशिना लिम्बुलाई तथा नन्जाले नक्शालकी सुस्मा तामाङलाई हराउदै सेमिफाईनलमा स्थान पक्का गरेकीहुन् ।

४८ केजी तौल समूहमा अल्फाकी बिमला थापामगरले बाँकेकी रिता दरार्इलार्इ तथा एपीएफकी साबित्री तामाङले भक्तपुरकी अस्मिता दुवाललाई हराउदै सेमिफाइनलमा स्थान बनाए ।

महिला ५१ केजी तौलसमूहमा आर्मीकी आरती तामाङ, गिताकुमारी थापा, एपीएफकी माला राई र मकवानपुरकी सन्जुमाया थिङले सेमिफाईनलमा स्थान बनाए ।
महिला ५४ केजीमा आर्मीकी मिनु गुरुङ र एपीएफकी निता गोसाईले अन्तिम चारमा पुगे ।

त्यस्तै महिला ५७ केजीमा नक्सालकी कुसुम तामाङले सेमिफाईनलमा स्थान बनाइन् । महिला ६४ केजीतर्फ आर्मीकी बिनिता थापामगरले सेमिफाईनलको यात्रा तय गरिन् ।

लैनचौरस्थित राष्ट्रिय टेवलटेनिस प्रशिक्षण केन्द्रको हलमा जारी प्रतियोगिताको पुरुष ४९ केजीमा आर्मीका शुशिल थापा, एपीएफका आस तामाङ, प्रदिप महर्जन र कास्कीका बिष्णु गौतम सेमिफाइनलमा प्रबेश गरेका छन् ।

पुरुष ५२ केजीमा चितवानका ओम परियार,आर्मीका बिकास राई,डोलबहादुर चौधरी र एपीएफका बिकास परियारले अन्तिम चारमा स्थान बनाए ।
पुरुष ५६ केजीमा झापाका जितेन्द्र राई,सुरेन्द्र राई, कास्कीका दिनेश बानिया र एपीएफका पुरन राईले सेमिफाईनलमा स्थान पक्का गरेका छन् । पुरुष ६० केजीमा कन्चनपुरका रामवहादुर थापा, झापाका प्रकाश लिम्बु इजम, आर्मीका दानवहादुर दलामी र नक्सालका किशोर शर्माले सेमिफाइनल पुगे ।

पुरुष ६४ केजीमा आर्मीका नरेश थापा, बुद्धिसागर गुरुङ, एपीएफका सोनम कार्की र झापाका अभिनय राईले अन्तिम चारमा स्थान पक्का गरेका छन् ।

पुरुष ६९ केजीमा आर्मीका रबि सुनार, सन्जित ब्यान्जु, काठमाण्डौका सरियान्स प्रजापति र कास्कीका हेमराज राउतले सेमिफाईनलमा स्थान सुरक्षीत गरे ।
पुरुष ७५ केजीमा बानुजका कौशलजंग थापा, आर्मीका लाल आलेमागर, किरणराज शाही र झापाका प्रेम गुरुङले सेमिफाईलमा स्थान बनाएका छन् ।

पुरुष ८१ केजीमा कास्कीका दिपक सुनुवार,टिकाथलीका रबिन्द्र धिमिरे र आर्मीका भुपेन्द्र सिंहले अन्तिम चारमा स्थान पक्का गरेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey