उपाधिका लागि त्रिभुवन आर्मी र मधेश प्रदेश खेल्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०८-१५
  • |
  • 353 पटक हेरिएको

पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय क्लव त्रिभुवन आर्मी र मधेश प्रदेश आज खेल्दै छन् ।

 बिहिबार पोखरा क्रिकेट रंगशालमा भएका सेमिफाइनलमा आर्मी र मधेश प्रदेशले जित निकल्दै उपाधि भेट पक्का गरेका हुन् ।

आर्मीले बागमती प्रदेशलाई र मधेश प्रदेशले विभागीय क्लव एपीएफलाई पराजित गरेको हो । 

बिहिबार भएको पहिलो सेमिफाइनलमा आर्मीले बागमती प्रदेशलाई चार विकेटले र दोस्रो सेमिफाइनलमा मधेश प्रदेशले एपीएफलाई ११ रनले पराजित गरेको हो । 

खेल १२ः३० पोखरा क्रिकेट रंगशालामा हुने छ । 

 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey