विश्वकप छनोटः घरेलु मैदानमा नेपाल यमनसँग पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०८-०५
  • |
  • 649 पटक हेरिएको

सन् २०२६ को फिफा विश्वकपको दोस्रो चरणको छनोटमा नेपाल घरेलु मैदानमा यमनसँग पराजित भएको छ ।   

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा एसियाको समुह एच को मंगलबार भएको खेलमा नेपाल यमनसँग २–० गोलले पराजित भएको हो । यमनको जित उमर अल दाही र मोहम्मद अब्दुल्लाह अल दाहीले एक एक गोल गरे ।   

पहिलो हाफ गोलरहित बराबरीम सकिएको खेलको दोस्रो हाफमा नेपाल दुई गोल खाँदै पराजित भएको हो । 

खेलको ७२ औं मिनेटमा उमर अल दाहीले गोल गर्दै यमनलाई अग्रता दिलाए । उनले  बक्स बाहिरबाट गरेको सशक्त प्रहारमा नेपाली गोलरक्षकले कही गर्न सकेनन् ।  

त्यसपछि खेलको नियमित समयको अन्तिम समयमा वान भर्सेस वानमा मोहम्मद अब्दुल्लाह अलदाहीले नेपाली गोलरक्षकलाई विट गर्दै सुन्दर गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । उनको यो यमनको राष्ट्रिय टोलीबाट पहिलो गोल रहेको छ । 

त्यसपछि नेपालले केही अवसर सृजना गरेपनि सफल हुन नसक्दा पराजित भएको हो । 

यसअघि ५० औं मिनेटमा यमनको खेलाडी ओमार अब्दुल्लाह अल दाहीको प्रहार नेपाली गोलरक्षक किरण कुमार लिम्बुले विफल पारे । 
त्यस्तै ६१ औं मिनेटमा नेपालका हिसुब थपलियाले वान भर्सेस वानमा गोल गर्न चुके । त्यसलगत्तै पाएको फ्रिकिकमा नेपाल गोल गर्न चुक्यो । एरिक विष्टको फ्रिकिकमा अन्जन विष्टको प्रहार गोलपोष्ट नजिकैबाट बाहिरियो ।  

यमनले ६५ औं अल खादिर सलिम अल डोउले गरेको ओमानका लागि गरेको गोललाई रेफ्रिले अफसाइड दिएका थिए ।
फिफा र्‍याङकिङमा यमन १५६ औं स्थानमा छ भने नेपाल १७३ औं स्थानमा रहेको छ । 

नेपालले यसअघि भएको विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेलमा युएईसँग ४–० गोलले पराजित हुँदा यमन बहराइनसँग २–० गोलले पराजित भएको थियो ।

भर्खरै

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal