तेक्वान्दो टोली बैंकक जाने

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०३-१४
  • |
  • 442 पटक हेरिएको
नेप्लेज, १४ असार ।  चौथो हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ८ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रबार थाइल्यान्ड प्रस्थान गर्ने भएको छ ।
जुन ३० देखि जुलाई १ तारिखसम्म हुने प्रतियोगितामा पशुपति खरेल, साजन तामाङ, राजन मल्ल, सुचित पाण्डे, रोहितबहादुर मगर, निजल थापा, सलिन बानियाँ र दीपेश कँडेलले प्रतिस्पर्धा गर्नेछन् ।
प्रशिक्षकमा हरि थापा तथा व्यवस्थापकमा मुन्नाविक्रम खाती रहेका छन् । टोलीलाई राष्ट्रिय तेक्वान्दो संघ नेपालका महासचिव राजकुमार कार्कीलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey