एसियाली खेलकुद : क्रिकेटमा भारतसँग नेपाल पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०६-१६
  • |
  • 508 पटक हेरिएको

चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपाल भारतसँग पराजित भएको छ । नेपाल २३ रनले पराजित भयो ।

भारतले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७९ रन बनायो नेपालका कुशल मल्लले २९ तथा कुशल भुर्तेलले २८ रन बनाए । यस्तै दीपेन्द्र सिंह ऐरी ३२ रन बनाएर आउट भए । सन्दीप जोराले २९ रन बनाए ।

सोमपाल कामीले ७ रन बनाएर आउट भए । भारतका रवि विश्नोई र आभेस खानले ३-३ विकेट लिए । अर्शदीप दुई विकेट लिए । जिझाङ युनिर्भसिटि क्रिकेट मैदानमा भएको पहिलो क्वाटरफाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २०२ रन बनाएको थियो । 

भारतका लागि यजश्वी जैशवालले सतक बनाउँदै आउट भएका हुन् । उनले ४९ बलमा ८ चौका र ७ छक्का प्रहार गर्दै सतक बनाएका हुन् । त्यस्तै रिंकु सिंह ३७ र शिभम दुवे २५ रनमा अविजित रहे । भारतका कप्तान ऋतुराज गैकवाडले २५ रनको योगदान गर्दा तिलक वर्मा दुई र जितेश शर्मा ५ रनमा पेभिलियन फर्किए । 

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले दुई विकेट लिँदा सोमपाल कामी र सन्दिप लामिछानेले एक एक विकेट लिए । 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey