एसियन गेम्सः नेपाललाई भारतको २०३ रनको लक्ष्य

-
नेप्लेज
- |
- २०८०-०६-१६
- |
- 279 पटक हेरिएको
चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ ।
जिझाङ युनिर्भसिटि क्रिकेट मैदानमा भएको पहिलो क्वाटरफाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २०२ रन बनाएको थियो ।
भारतका लागि यजश्वी जैशवालले सतक बनाउँदै आउट भएका हुन् । उनले ४९ बलमा ८ चौका र ७ छक्का प्रहार गर्दै सतक बनाएका हुन् । त्यस्तै रिंकु सिंह ३७ र शिभम दुवे २५ रनमा अविजित रहे ।
भारतका कप्तान ऋतुराज गैकवाडले २५ रनको योगदान गर्दा तिलक वर्मा दुई र जितेश शर्मा ५ रनमा पेभिलियन फर्किए ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले दुई विकेट लिँदा सोमपाल कामी र सन्दिप लामिछानेले एक एक विकेट लिए ।