एसियाली खेलकुदः आर्चरीका तीन खेलाडी पराजित हुँदा एक खेलाडी अन्तिम १६मा

-
नेप्लेज
- |
- २०८०-०६-१५
- |
- 261 पटक हेरिएको
चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदको आर्चरीमा सोमबार योगेन्द्र शेरचन, इमायुङ राई र मन्जु बजगाई पराजित हुँदा तिलक पुन मगर विजयी भएका छन् ।
पुरुष व्यक्तिगत रिकर्भमा तिलक पुन मगरले म्यानमारका थिया हितलाई ७–१ ले पराजित गर्दा महिला तर्फ मन्जु बंगलादेशकी दिया सिद्दिगीसँग ६–० ले पराजित भइन् ।
फुयाङ यिन्हु स्पोर्टस सेन्टरमा भएको पुरुष व्यक्तिगत व्यक्तिगत कम्पाउन्डको दोस्रो चरणमा युगेन्द्र इराकी खेलाडी इशाक दाघमानसँग पाँच अंकले पछि पर्दै निरास बने ।
योगेन्द्रले १ सय ३५ अंक जोडेका थिए भने दाघमानले १ सय ४० अंक बनाएका छन् ।
यसैगरी महिलातर्फ इमायुङ भारतीय खेलाडी अदिति गोपीचन्द स्वामीसँग १२ अंकले पछि परिन् । इमायुङ्ले १ सय ३७ र अदितिले १ सय ४९ अंक जोडे ।