एसियाली खेलकुदः नंगसल र विष्णुको जोडी मिक्स डबल्स अन्तिमा १६ मा 

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०६-१५
  • |
  • 461 पटक हेरिएको

चीनमा जारी १९ औं एसियाली खेलकुदमा ब्याटमिन्टनतर्फको मिक्स डबल्समा विष्णु कटुवाल र नंगसल तामाङको जोडी अन्तिम १६ मा स्थान बनाएका छन् ।

अन्तिम ३२ को खेलमा यो जोडीले मंगोलियाको मुनख्बाटर जोलजोया र डार्कहानबाट्टर खेर्लिनको जोडीलाई २–० को सेटमा पराजित गरेको छ । उनीहरुले २१–१६ र २१–१७ ले मंगोलियाको जोडीलाई पराजित गरेका हुन् । 

अर्को मिक्स डबल्समा भने सिंगापुरका तेरी काइ यङ हि र हान वेइ जेशिका तानको जोडीले नेपालका जीवन आचार्य र निता लम्सालको जोडीमाथि २१–४ र २१–३ को सहज जित दर्ता   गरे ।

त्यस्तै पुरुष सिंग्लसमा प्रिन्स दहाल र सुनिल जोशी पहिलो चरणबाटै बाहिरिएका छन् ।  नेपाली खेलाडी प्रिन्स दाहाल र सुनिल जोशी पराजित भएका छन् । प्रिन्स जापानी खेलाडी निसिमोटो केन्टासँग २–० र सुनिल थाइल्याण्डका खेलाडी वाङचारोयन कान्तापोनसँग २–० कै सेटमा पराजित भएका हुन् । 

प्रिन्स २१–१२ र २१–७ ले तथा सुनिल २१–७ र २१–९ को स्कोरमा पराजित भएका हुन् । 

त्यस्तै पुरुष डबल्सको पहिलो चरणको खेलमा नेपालका प्रिन्स दाहाल र सुनिल जोशीको जोडी थाइल्याण्डका शुकफुन पेराटचाई र टिराराटसाकुल पाक्कापोनको जोडीसँग २१–८ र २१–५ को सेटमा पराजित हुँदै बाहिरिएका छन् ।  त्यस्तै अर्को खेलमा जिवन आचार्य र विष्णु कटुवालको जोडी माल्दिभ्सका निबाल अहमेद र मोहम्मद अजफान रसिदको जोडीसँग २–० को सेटमा पराजित हुँदै बाहिरिएका छन् ।  

 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey