एसियाली खेलकुदः नेपाली महिला भलिबल टोलीको लगातार दोस्रो हार

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०६-१५
  • |
  • 366 पटक हेरिएको

चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले दोस्रो पराजय ब्यहोरेको छ । 

सोमबार हाङझाउ स्थित हाङझाउ नर्मल युनिर्भसिटिको काग्जियान जिम्न्यासियममा भएको खेलमा नेपाली महिला भलिबल टोली दक्षिण कोरियाको महिला भलिबल टोलीसँग ३–० को सोझो सेटमा पराजित भएको हो । नेपाल दक्षिण कोरियासँग २५–२१, २५–१४ र २५–११ को सोझो सेटमा पराजित भएको छ । 

यसअघि नेपाल पहिलो खेलमा भियतनामसँग सोझो सेटमा पराजित भएको थिया । भियतनामविरुद्ध २५–४, २५–१६ र २५–१३ ले हार बेहोर्यो ।

समुह सी मा रहेको नेपाल समुहको तेस्रो स्थानमा रहेको छ भने पहिलो स्थानमा अपराजित रहेको भियतनाम रहँदा दोस्रो स्थानमा दक्षिण कोरिया रहेको छ ।   

भर्खरै

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal