एसियन गेम्सः फुलमति १५ औं स्थानमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०६-१४
  • |
  • 675 पटक हेरिएको

नेपालकी फूलमति रानाले हानझाओमा जारी १९औं एसियाली खेलकुदको १५ सय मिटर दौडमा १५औं स्थानमा टुंगाएकी छन् ।

१७ जना सहभागी उक्त स्पर्धामा फुलमति १५ औं भएकी हुन् ।

उनले निर्धारित दूरी ४ मिनेट ३७।६४ सेकेन्डमा पूरा गर्दै आफ्नो उत्कृष्ट प्रदर्शनको समयमा सुधार गरिन् ।

यसअघि उनले सन् २०२३ मा थाइल्यान्डको बैंककमा सम्पन्न एसियन च्याम्पियनसिपमा चार मिनेट ४९.२२ सेकेन्डको समयमा दौड पूरा गरेकी ।

आइतबार फुलमतिले लाओस र पाकिस्तानकी खेलाडीलाई पछि पारिन् ।

यस विधामा बहराइनकी मुतिल विनफ्रेडले स्वर्ण, भारतकी हरमिलन बेइन्सले रजत र बहराइनकै हिरपातो मार्ताले कांस्य जितिन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal